सिरहा,
लहानबाट आइतबार राति लुटिएको डिजेल सहितको ट्याङ्कर धनुषाको महेन्द्रनगर नजिक रमदैया सडक छेउमा भेटिएको छ ।
अमलेखगञ्जबाट २० हजार लिटर डिजेल बोकेर विराटनगरतर्फ गइरहेको ना ४ ख ४१६३ नम्बरको ट्याङ्कर आइतबार लहानबाट लुटिएपछि सिरहा प्रहरीले गरेको व्यापक खोजबिनपछि ट्याङ्कर धनुषाको रमदैया भवारी सडक छेउमा फेला परेको हो ।
सिरहा प्रहरीको अनुरोधमा सप्तरी, धनुषा र प्रदेश प्रहरीले समेत ट्याङ्कर खोजीमा तीब्रता देखाएपछि ट्याङ्कर रमदैया भवारीमा रोकिरहेको अवस्थामा आज विहान ८ः४५ बजेतिर फेला परेको हो । उक्त ट्याङ्कर सिरहा ल्याउन इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरिक्षक भेषराज रिजालको नेतृत्वको टोली त्यसतर्फ गएको छ ।
ट्याङ्करमा डिजेल रहेको वा नरहेको बारे थाहा भएको छैन । ट्याङ्कर सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । ट्याङ्कर हराएको २४ घण्टापछि सम्पर्कमा आएका चालक रामदेव यादव अहिले पनि इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा रहेका छन् ।































प्रतिक्रिया