काठमाडौं । के तपाइँ कारको शौखिन हुनुहुन्छ ? त्यसो हो भने सीजी मोटोकर्पले अत्याधुनिक सुविधा सम्पन मिनी एसयुभी ‘एस–प्रेसो’ कार नेपाली बजारमा ल्याएको छ । सीजी मोटोकर्पले सुविधा सम्पन मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’ कार आइतवार काठमाडौंमा सार्वजनिक गरेको हो । सुजुकी कम्पनीको यो कारमा ‘बोल्ड अनि पावरफुल एसयुभी लुक्स’ रहेको छ । जसका कारण ‘एस–प्रेसो’ कार ग्राहकको रोजाईमा पर्ने कम्पनीको दावी छ । एसयुभी सेग्मेन्टमा ‘योङ एसयुभी’ का रूपमा चिनाइएको ‘एस–प्रेसो’ कार ‘हार्टटेक्ट प्लेटफर्म’को पाँचौं पुस्तामा निर्माण भएको कम्पनीको भनाई छ ।
कम्पनीले ४ प्रकारका कारको मूल्य समेत सार्वजनिक गरेको छ । ‘एस–प्रेसो’ स्ट्यान्डार्ड को २ करोड २९ ला ९ हजार रूपैयाँ एलएक्सआई २ करोड ३९ लाख ९ हजार, भीएक्सआई २ करोड ४९ लाख ९ हजार र भीएक्सआई प्लस २ करोड ५४ लाख ९ हजार रूपैयाँ रहेको छ ।
‘एस–प्रेसो’मा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएको हुनाले कार बलियो र सुरक्षित रहेको कम्पनीले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । १० भन्दा बढी सुरक्षा व्यवस्था रहेको ‘एस–प्रेसो’ नेपालका सबै ३६ वटा सुजुकी रिटेल नेटवर्कमार्फत विक्री हुने सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले बताए । ग्राहकको दैनिकीलाई सहज बनाउन र समयसापेक्ष उत्पादन उपलब्ध गराउन आफुहरू तत्पर रहेको चौधरीको भनाई छ । ‘एस–प्रेसो’ बीएस ६ मापदण्डमा आधारित रहेकाले यसले वातावरण प्रदुषणको मापदण्डसमेत पालना गर्ने बताइएको छ ।

‘एस–प्रेसो’ कारको विशेषता
दमदार एक्सटेरियर : एसयुभी गुणले पूर्ण नयाँ सुजुकी ‘एस–प्रेसो’को डिजाइन ‘बोल्ड’ छ । यसको ‘अपराइड ए–पिलर’ र ‘ब्याक डोर’ डिजाइनले यसलाई बलियो एसयुभीको स्वरूप दिएको छ । ‘मोर्डन ग्लास’ र ‘बडी’को अनुपातलाई सावधानीपुर्वक डिजाइन गरिएको छ जसले यसलाई ‘बोल्ड लुक्स’ दिएको छ । १८० एम.एम. हाई ग्राउन्ड क्लिेरेन्स’ र ‘डोर–सिल’ समेत रहेको यो कारको स्वरूप हेरेर नै ग्राहक आकर्षित हुने सीजी मोटोकर्पले जनाएको छ । फरक डिजाइनका कारण ‘एस–प्रेसो’ सडकमा समेत सहजै चिन्नसकिने कार्यकारी निर्देशक चौधरीको भनाई छ ।
‘युनिक र युथफुल’ इन्टेरियर : सुजुकी ‘एस–प्रेसो’मा युनिक र एक्साइटिङ इन्टेरियर डिजाइन रहेको छ । जसले यसलाई छुट्टै ‘स्टाइल’ दिएको छ । यसको केन्द्रमा ‘डाइनामिक कन्सोल’ रहेको छ जुन ‘टफ स्पोर्ट वाच’बाट प्रभावित छ र यसले विशेषगरी युवा ग्राहकलाई आकर्षित गर्ने अपेक्षा कम्पनीले गरेको छ योसँगै ‘ट्रेन्डी इन्फोटेन्मेन्ट सिस्टम र डिजिटल स्पिडोमिटर’ रहेको छ । यसले कारलाई ‘आइकनिक स्टाइल’ दिलाउनुका साथै नयाँ प्रविधि र ‘बोल्ड डिजाइन’को समिश्रण झल्काउँछ । ‘एस–प्रेसो’को ‘सिटिङ लेआउट’ थोरै अग्लो छ जसले ‘कमान्डिङ ड्राइभिङ पोजिसन’ प्रत्याभुत गर्छ । यसमा पर्याप्त ‘लेग रूम’समेत रहेको छ । ‘स्पोर्टी ब्ल्याक कलर स्किम’ सहितको ठूलो ‘क्याबिन स्पेस’ले युवा ग्राहकमा उत्साह सञ्चार गर्ने अपेक्षा कम्पनीले गरेको छ ।‘एस–प्रेसो’को अगाडि र पछाडिको भागमा ‘युटिलिटी स्पेस’को पनि व्यवस्था गरिएको छ । यसमा ‘ओपन ट्रे’, ‘ग्लोब बक्स’ र ‘डोर कन्सोल पकेट’ जस्ता धेरै ‘स्टोरेज अप्सन’ छन् ।
रोमाञ्चक यात्राको लागि नयाँ ‘टेक्नोलोजी’ : ‘एस–प्रेसो’मा सेग्मेन्टमै पहिलो पटक ‘स्टेरिङ माउन्टेड अडियो एन्ड भ्वाइस कन्ट्रोल’ राखिएको छ । साथै, यसमा म्युजिक, इन्टरटेन्मेन्ट र नेभिगेसनको लागि ‘स्मार्ट प्ले’जडित टचस्क्रिन छ जुन ‘एन्ड्रोइड अटो, एप्पल कारप्ले’ वा अन्य कुनै ‘स्मार्टप्ले स्टुडियो एक्प कम्पेटिबल’ छ । ‘एस–प्रेसो’मा बजारमा प्रमाणित र स्थापित १.० लिटरको बीएस ६ मापदण्डमा आधारित ‘के टेन’ इन्जिन रहेको छ यसले पर्फमेन्समा कुनै सम्झौता नगरी अत्याधिक माइलेज दिन्छ ।

‘सेफ्टी फिचर’ : यात्रु र बटुवाको सुरक्षा प्रत्याभुत गर्न सुजुकीले गरिरहेको निरन्तर प्रयासको परिणाम हो, ‘एस–प्रेसो’ । सुजुकीको ‘हार्टटेक्ट प्लेटफर्म’को पाँचौ पुस्तामा निर्माण गरिएको यो कार भारतको पछिल्लो सुरक्षा मापदण्डमा आधारित छ । ‘हार्टटेक्ट प्लेटफर्म’ले कारको ‘बडी’मा ‘इम्प्याक्ट एब्जोप्र्सन’ र ‘इनर्जी डिस्पर्सन’ राम्रो बनाइदिन्छ । यसले यात्रुको सुरक्षा प्रत्याभुत गर्छ । यसमा ‘डुअल एअरब्याग’, ‘इबीडी’ (इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन)सहितको ‘एबीएस’ (एन्टिलक ब्रेकिङ सिस्टम), ‘प्रि–टेन्सनर’ र ‘फोर्स लिमिटर’सहितको सिट बेल्ट, ड्राइभर र को–ड्राइभरका लागि सिट ‘बेल्ट रिमाइन्डर’, ‘रियर पार्किङ असिस्ट सिस्टम’, ‘हाई स्पिड वार्निङ एलर्ट’ र ‘रिभर्स पार्किङ सेन्सर’ लगायतका सुरक्षा फिचरहरू छन् ।
डिजाइनः एसयुभी अपिल, आधुनिक र बोल्ड’
सुरक्षाः सुजुकीको प्याटेन्टेड हार्टटेक्ट प्ल्याटफर्मको पाँचौं पुस्ताले नयाँ ‘एस–प्रेसो’लाई बलियो र कठोर बनाइदिएको छ । यसमा राखिएका १० भन्दा बढी सेफ्टी फिचरले यसलाई सेग्मेन्टकै सबैभन्दा सुरक्षित कारका रूपमा चिनाइएको कम्पनीको दावी छ ।
प्रविधि : ‘बीएस ६ कम्प्लाइन्ट’ १ लिटरको ‘के टेन’ इन्जिनजडित ‘एस–प्रेसो’ले २१.७ केएमपीएल सम्म माइलेज दिन्छ । साथै, यसमा कनेक्टिभिटीको लागि ‘स्मार्टप्ले स्टुडियो इन्फोटेन्मेन्ट सिस्टम’ राखिएको बताइएको छ ।
कम्पनीले ४ प्रकारका कारको मूल्य समेत सार्वजनिक गरेको छ । ‘एस–प्रेसो’ स्ट्यान्डार्ड को २ करोड २९ ला ९ हजार रूपैयाँ एलएक्सआई २ करोड ३९ लाख ९ हजार, भीएक्सआई २ करोड ४९ लाख ९ हजार र भीएक्सआई प्लस २ करोड ५४ लाख ९ हजार रूपैयाँ रहेको छ ।





























प्रतिक्रिया