मेगा बैंकको आफ्नै लर्निङ एन्ड डेभलपमेन्ट सेन्टर स्थापना

मेगा बैंकको आफ्नै लर्निङ एन्ड डेभलपमेन्ट सेन्टर स्थापना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

मेगा लर्निङ एन्ड डेभलपमेन्ट सेन्टरमार्फत आफ्ना कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि तालिम प्रदान गर्दै आएको मेगा बैंक नेपालले अब आफ्नै कार्यालय रहेको भवनबाट मेगा लर्निङ एन्ड डेभलपमेन्ट सेन्टरका साथै रिसोर्स सेन्टर समेत सञ्चालनमा ल्याउने भएको छ ।

मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले ज्ञानेश्वरस्थित बैंकको कार्यालय परिसरमा एक समारोहबीच नवनिर्मित मेगा लर्निङ एन्ड डेभलपमेन्ट सेन्टरको उद्घाटन गरे । कार्यक्रममा मेगा बैंकका सञ्चालकहरू, सीईओ, एडीसीईओ, अन्य उच्च व्यवस्थापन श्रेणीका कर्मचारी लगायतको उपस्थिति थियो ।

मेगा बैंकमा कार्यरत कर्मचारीहरूको सीप, ज्ञान एवं दक्षता अभिवृद्धि गर्दै अझै प्रभावकारी ढंगले ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले यस सेन्टरलाई बैंककै कार्यालय रहेको भवनमा स्थापना गरिएको अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए ।

ज्ञान हासिल गर्ने प्रक्रिया सदैव चलिरहने भएकाले सबै तहका कर्मचारीहरूका लागि यो अत्यन्तै उपयोगी हुने धारणा उनले राखे ।

Logo