सिद्धार्थ बिजनेश ग्रुपको रिसोर्ट सौराहमा पनि

सिद्धार्थ बिजनेश ग्रुपको रिसोर्ट सौराहमा पनि

केन्द्रबिन्दु
0
Shares

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले चितवनको सौराहमा पनि रिसोर्ट संचालनमा ल्याएको छ।  सौराहमा सञ्चालनमा रहेको सेन्टर पार्क रिर्सोटसँग व्यवसायिक साझेदारी गरी सेवा सुरु गरेको हो ।

यो रिसोर्टमा ४७ वटा सुविधा सम्पन्न कोठाहरु, स्वीमिङ पुल, गार्डेन, सेमिनारका लागि २ वटा हलहरु रहेको र जंगल सफारीदेखि सांगेतिक कार्यक्रमलगायतका सेवाहरू प्रदान गरिने सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीका कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जानकारी दिए ।

सिद्धार्थ ग्रुपको महेन्द्रनगर, टीकापुर , नेपालगन्ज, बुटबल र काठमाडौंमा सुबिधा सम्पन्न होटेल , रेष्टुरेन्ट , क्याफे गरी २३ वटा आउटलेटहरु सञ्चालनमा छन् । साथै नेपालगन्जमा चारतारे होटेल सहित चितवनको चुम्लिङटार, सुर्खेत र कर्णाली चिसापानीमा रिर्सोटहरु सञ्चालन गर्दै आएको छ ।

Logo