शंखधर साख्वाको नामबाट सडकको नाम राखिने पर्यटनमन्त्रीको घोषणा

शंखधर साख्वाको नामबाट सडकको नाम राखिने पर्यटनमन्त्रीको घोषणा

केन्द्रबिन्दु
0
Shares

भक्तपुर,
सरकारले भक्तपुरको साँगादेखि काठमाडौंको फुलचोकीसम्मको ट्रेकिङ रुटको नामाकरण राष्ट्रिय विभूति शंखधर साख्वाको नामबाट राख्ने घोषणा गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय विभूति शंखधर साख्वाको सम्मानमा उहाँको नामबाटै सो रुटको नामाकरण गर्ने घोषणा गर्नु भएको हो । नेपाल संवत ११४० को अवसर पारेर मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मध्यपुर ठिमी नगरपालिका भित्र ‘राष्ट्रिय विभूति शंखधर साख्वा स्मृति पार्क’ निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

मध्यपुर ठिमी नगरपालिकाले राष्ट्रिय विभूति शंखधर साख्वाः स्मृति पार्क बनाउने तयारी गरेको छ । त्यसमा सरकारले पनि आवश्यक सहयोग उपलब्ध गराउने मन्त्री भट्टराईको भनाई थियो ।

मन्त्री भट्टराईले किसानहरुको ऋण मोचन गरेर सुरु भएको नेपाल संवत नेपाली जनताको संवत भएको उल्लेख गर्दै आगामी वर्षबाट सो सम्वत मनाउन नेपाल सरकार आफैं आयोजक बन्ने पनि बताउनु भयो ।

Skip This
Skip This
Logo