लक्ष्मी बैंकको ११६ औं शाखा ताहाचलमा

लक्ष्मी बैंकको ११६ औं शाखा ताहाचलमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो ११६ औं शाखा काठमाडौंको ताहाचलमा सञ्चालनमा ल्याएकोे छ ।

यो शाखामार्फत बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १ सय १६ शाखा, २ एक्सटेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १ सय ४० एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ एजेन्टहरू पुगेको छ ।

Logo