एनएमबि लघुवित्तको हकप्रद तिहारपछि

एनएमबि लघुवित्तको हकप्रद तिहारपछि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

एनएमबि लघुवित्त वित्तीय संस्थाले तिहारपछि हकप्रद शेयर बिक्री गर्ने भएको छ। कम्पनीले कात्तिक २४ गतेदेखि हकप्रद बिक्री गर्ने जनाएको हो। हकप्रद बिक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असोज १५ गते स्वीकृति पाएको थियो ।

कात्तिक ६ गतेसम्मका कायम शेयरधनीका लागि विद्यमान १ कित्ता साधारण शेयर बराबर १ दशमलव ५ को अनुपातमा २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता साधारण शेयरको हकप्रद निष्कासन गर्न लागेको हो।

कम्पनीको हकप्रदमा मंसिर २९ गतेसम्म आवेदन दिन सकिन्छ। कम्पनीको हाल चुक्ता पुँजी १६ करोड २० लाख रहेको छ। हकप्रद बाँडफाँडपछि ४० करोड ५० लाख पुग्नेछ।

Skip This
Skip This
Logo