काठमाडौं,
विभिन्न बैंकहरूले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलव सुविधा सार्वजनिक गरेका छन् । विभिन्न ६ वटा बैंकले वार्षिक प्रतिवेदनमा सीईओको तलब सार्वजनिक गरेका हुन् ।
प्रतिवेदन सार्वजनिक गर्ने बैंकमा बैंक अफ काठमान्डू, सानिमा बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक र एनआईसी एसिया बैंक रहेका छन् । प्रतिवेदन अनुसार, सबैभन्दा बढी तलब सुविधा बैंक अफ काठमान्डूले आफ्नो प्रमुख कार्यकारी अधिकृतलाई दिने गरेको छ।
बैंकले सीईओलाई वार्षिक २ करोड ३२ लाख ८५ हजार रुपैयाँ तलव दिने गरेको जनाएको छ। कुमारी बैंकले आफ्नो सीईओलाई २ करोड १४ लाख ६३ हजार रुपैयाँ तलब दिने गरेको जनाएको छ।
एनआईसी एसिया बैंकले आफ्नो सीईओलाई २ करोड १३ लाख ६७ हजार रुपैयाँ तलब दिने गरेको छ। त्यस्तै सानिमा बैंकले २ करोड ८ लाख ३९ हजार रुपैयाँ तलब सीइओलाई दिने गरेको छ।
हाल सार्वजनिक भएका बैंकको प्रतिवेदन अनुसार माछापुच्छ्रे र सिटिजन्स बैंकले भने आफ्ना सीईओलाई तुलनात्मक रुपमा कम तलब दिने गरेका छन् ।
माछापुच्छ्रे बैंकले आफ्नो सीईओलाई १ करोड १७ लाख ९८ हजार रुपैयाँ तलब दिने गरेको जनाएको छ। यता सिटिजन्स बैंकले ९२ लाख १२ हजार रुपैयाँ तलब आफ्नो सीईओलाई दिने गरेको छ। यी तलबमा नाफाबाट बोनस र कल्याणकारी कोषको सुविधा नजोडेको समेत बैंकले जनाएको छ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया