गरिमा वर्णशङ्कर जातको धानमा बाला नै लागेन, किसान चिन्तित

गरिमा वर्णशङ्कर जातको धानमा बाला नै लागेन, किसान चिन्तित

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर,

गरिमा वर्णशङ्कर (हाइब्रिड) जातको धानमा बाला नलागेपछि कञ्चनपुरका किसानको लगानी खेर गएको छ । ४५० प्रति किलोका दरले बीउ खरीद गरेर खेतमा रोपेको धानमा बाला नै नलागेपछि किसान चिन्तित भएका हुन् ।

‘‘नेपाल सरकारले सूचीकृत गरेको धान भनेर खरीद ग¥यौं,” शुक्लाफाँटा नगरपालिका–७ का किसान लालबहादुर चौधरीले भन्नुभयो, “१२५ दिनमा पाक्ने भनिएको धानमा अहिलेसम्म बाला नै लागेको छैन । धानको बोट निकै राम्रो छ तर बाला नै छैन ।”

“गत वर्ष राम्रै फलेको थियो तर यसवर्ष बाला नलाग्दा लगानी डुबेको छ” उहाँले भन्नुभयो । बेलौरी नगरपालिकामा झण्डै २० बिघा, शुक्लाफाँटा र कृष्णपुरका गरी ८० भन्दा बढी किसानले १० बिघा जग्गामा गरिमा जातको धान रोपेका थिए । धानको फूल फुल्ने समय ९० दिन पुगेपछि शुरु हुने हो बेलौरी नगरपालिका कृषि शाखाका प्राविधि हरिश सेटीले भन्नुभयो,“यो धान रोपेका कुनै पनि किसानका धान अहिलेसम्म फुलेकै छैन ।”

धानमा बाला नलागेको समस्या लिएर कार्यालयमा सधैँ किसान पुग्दै क्षतिपूर्तिको माग गर्ने गरेकोे उहाँले बताउनुभयो । स्थानीय किसान परदेशी चौधरीले गरिमा भनेर अर्कै थरिको धानको बीउ बेच्ने एग्रोभेट सञ्चालकमाथि कारवाही गर्न र सरकारले क्षतिपूर्ति उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो । दशकट्टा जग्गामा रोपिएको धानमा बाला नलागेकाले वर्षभरका लागि गरिएको मेहनत त्यसै खेरगएको किसान राजबहादुर चौधरीले बताउनुभयो ।

गत वर्ष निकै राम्रो उत्पादन भएकाले यसवर्ष पनि चर्को मूल्य तिरेर गरिमा जातको धानको बीउ नै खेतमा रोप्यौ उहाँले भन्नुभयो, “अरुका खेतमा धान पाक्नै लागेको छ । मेरो खेतमा बाला नै लागेको छैन । रुनु न हास्नुको अवस्थामा पु¥याएको छ ।” मलखाद, सिँचाइ, बीउ, खनजोत गरी आठ हजारभन्दा बढी धान रोप्नमै खर्च लागेको उहाँको भनाइ थियो । धानमा बाला नै नलागेपछि लागत खर्च नै डुब्ने भएको कृषक चौधरीको भनाइ थियो ।

Skip This
Skip This
Logo