कुमारी बैंकको पदयात्रा सम्पन्न

कुमारी बैंकको पदयात्रा सम्पन्न


काठमाडौं,

कुमारी बैंकले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने उद्देश्यले ललितपुर उद्योग वाणिज्य संघको सहकार्यमा ललितपुरका पर्यटकीय गन्तव्यको यात्रा गरेको छ । कुमारी बैंक मुख्य–प्रायोजक रहेको पदयात्राको उद्देश्य भूकम्पले क्षतिग्रस्त भीमसेन मन्दिर पुनर्निर्माण कोष संकलन थियो ।

४ असोजमा पाटन दरबार स्क्वायर क्षेत्रबाट सुरु भएको यात्रा ग्वार्को, इमाडोल, सानागाँउ, लुभु, हरिसिद्धि, धापाखेल, सुनाकोठी, बुंगमतीहुँदै खोकनामा पुगेर सम्पन्न भएको थियोे । पदयात्रामा सहभागीबाट श्री भीमसेन मन्दिर पुनर्निर्माण कोषमा १२ लाख रुपैयाँ संकलन भएको संघले जानकरी दिएको छ ।

Logo