मण्डनदेउपुरको अग्रणि सहकारी संकल्प स्वेकको १९ औं साधारणसभा सम्पन्न

मण्डनदेउपुरको अग्रणि सहकारी संकल्प स्वेकको १९ औं साधारणसभा सम्पन्न

केन्द्रबिन्दु
0
Shares

कुन्तावेसी, काभ्रे,

जिल्लाको मण्डनदेउपुर नगरपालिकामा रहेको श्री संकल्प स्वेक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १९ औं साधारणसभा सम्पन्न गरेको छ ।

मण्डन देउपुर नपा ७, कुन्तावेशीमा आज संस्थाको १९ औं वार्षिक साधारणा सभा काभ्रेका प्रदेशसभा सांसद लक्ष्मण लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष बद्री प्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न उक्त साधारण सभामा गत आर्थिकवर्ष ०७५/७६ मा संस्थाले ५३ करोड ३० लाख ७७ हजार १२६ रूपैयाँको कारोबारबाट ६६ लाख १ हजार ३९७ रूपैयाँ खुद मुनाफा गर्न सफल भएको जानकारी गराईएको थियो ।

जसमा १ हजार ४६४ जना शेयर सदस्यहरूबाट १ करोड ६४ लाख ३५ हजार शेयर पुँजी, शेयर सदस्य र ५११ जना बालसदस्य समेत बाट १५ करोड ३० लाख २१ हजार ९४२ बचत संकलनका साथै शेयर सदस्यहरूलाई १५ करोड ९३ लाख ७५ हजार ५०३ ऋण लगानी भएको जानकारी दिईएको थियो ।

साधारणसभामा अध्यक्षको मन्तव्य बद्री प्रसाद सापकोटा, वार्षिक प्रतिवेदन सचिव गणेश प्रसाद नेपाल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष रामचन्द्र श्रेष्ठ तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक लक्ष्मी सापकोटा पराजुलीले प्रस्तुत गर्नुभएको थियो । साथै उक्त कार्यक्रममा एसइइ ०७५ मा शेयर सदस्यका परिवारभित्रका छोराछोरी मध्ये उत्कृष्ट जिपिए ल्याउने सामुदायिक र संस्थागत विद्यालयबाट छात्रछात्रा २/ २ जना तथा उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणी २/२ जनालाई पुरस्कृत गरिएको थियो ।

संकल्प स्वेक मण्डनभेगकै अग्रणि सहकारी हो । यसले त्यसभेगमा बैंक नहुँदा पनि बैंकको अभाव पूरा गर्दै बचत तथा ऋणको काम गर्दै आएको थियो ।

Logo