काठमाडौं,
संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको सानिमा बैंकले बिगत ७ बर्षदेखि गरिव तथा बिपन्न बिद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा सहयोग गरिरहेको छ ।
सरकारी सामुदायिक बिद्यालयमा गरिवीका कारण आर्थिक समस्यामा रहेका ४ जना बिद्यार्थीलाई जनही बार्षिक ५० हजार बराबरको सहयोग उपलब्ध गराउँदै आएको शाखाका प्रमुख मेदन बस्नेतले जनाए । एसईईमा न्युनत्तम सि ग्रेड प्राप्त गरेका, सोहि बिषय अध्ययनका लागि अन्य कुनै निकायबाट छात्रबृत्ती नपाएका कक्षा ११ बाट २ जना र कक्षा १२ बाट २ जना गरि बार्षिक ४ जनालाई आर्थिक तथा शैक्षिक सामग्री सहयोग गर्दै आएको बैंकले जनाएको छ ।
आर्थिक समस्याका कारण उच्च शिक्षा हासिल गर्नबाट बन्चीत रहेका गरिव तथा जेहेन्दार बिद्यार्थी पहिचान गर्न स्वतन्त्र रुपमा स्थानीय प्रबुद्ध समुह सम्मिलित ५ सदस्यीय सिफारिस समिति नै गठन गरि छनौट गर्दैआएको बैंकका शाखा प्रमुख बस्नेतले जनाए ।





























प्रतिक्रिया