अब एटिएमबाट एक पटक कार्ड घुसाउँदा अधिकतम २० हजार र दैनिक ६० हजार रुपैयाँ मात्रै झिक्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले मातहत बैंकहरुलाई परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो।
यसअघि एक पटक कार्ड घुसाउँदा अधिकतम २५ हजार र दैनिक एक लाख रुपैयाँसम्म नगद झिक्न सकिने व्यवस्था थियो।
चिनियाँ ह्याकरले एटिएम प्रणाली नै ह्याक गरी एटिएमबाट रकम चोरेकाे घटनापछि राष्ट्र बैंकले नगद झिक्न पाउने सीमा घटाएको हो। यसका लागि राष्ट्र बैंकले परिपत्र जारी गरिसकेको छ, बैंकहरुले भोलिदेखि नै यसलाई लागू गर्नुपर्नेछ ।





























प्रतिक्रिया