१४ औं नाडा अटो शोको भव्य समापन (भिडियोसहित)

१४ औं नाडा अटो शोको भव्य समापन (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सवारी साधनहरूको महाकुम्भ मेला अर्थात १४ औं संस्करणको नाडा अटो शो सकिएको छ । भदौं १० गतेदेखि सुरु भएको मेलामा ८० हजार भन्दा बढीले अवलोकन गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा चलेको शोमा २३ ब्रान्डका चार पांग्रे सवारीसाधन, १९ ब्रान्डका दुई पांग्रे, १२ ब्रान्डका लुब्रिकेन्ट, नौ ब्रान्डका टायर, पाँच ब्रान्डका ब्याट्री, १४ पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो ।

प्रदर्शनीमा सहभागी अवलोकनकर्ताहरु मध्येबाट भाग्यशाली एक जनाले २०० सीसी क्षमताको जीपीएक्स जेन्टलमेन मोटरसाइकल उपहार पाएका छन् । नाडा अध्यक्ष शम्भु प्रसाद दाहालले कार्यक्रम सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले अर्को वर्ष आयोजना गरिने कार्यक्रमको लागि समेत अग्रिम निम्ता दिएका छन् ।

दुई पांग्रे तर्फ केटिएमले वेष्ट स्टल अवार्ड जितेको छ । भने चार पांग्रे तर्फ टोयटा कम्पनीले वेष्ट स्टल अवार्ड जितेको छ । शो मा सहभागी सबै स्टलहरूलाई मायाको चिनो प्रदान गरिएको छ ।

शोमा सबैभन्दा आकर्षणको रुपमा राखिएको सबैभन्दा महंगो बाइक समेत विक्री भएको छ । ७३ लाख ९० हजार रुपैयाँ मूल्य तोकिएको एक्सक्लुसिभ बाइक ब्रुटा ८०० आरआर एलएच ४४ बिक्री भएको हो । बाइक किन्ने व्यक्तिको पहिचान गोप्य राखिएको छ ।

Skip This
Skip This
Logo