ह्याकरको निशानामा परेपछि बन्द गरिएको बैंकको एटिएमहरु संचालनमा आएको छ । बैंकहरुले आफ्नै एटिएम कार्ड मात्रै चल्ने गरी एटिएम मेशिन संचालनमा ल्याएको हो।
नेपाल बैंकर्स एसोसिएसनले ह्याकरबाट पूर्णता सुरक्षाको ग्यारेन्टी नभएसम्मका लागि सम्बन्धित बैंकको कार्डबाट मात्रै पैसा झिक्न मिल्ने जनाएको छ।
शनिबार राति प्रहरीले नबिल बैंकको एटीएमबाट ठूलो रकम निकालिरहेको अवस्थामा ५ जना चिनियाँ नागरिकहरुलाई दरबारमार्ग क्षेत्रबाट पक्राउ गरेको थियो । घटनापछि इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) मा आवद्ध १५ भन्दा बढी बैंकले आफ्नो सेवा अनिश्चितकालका लागि बन्द गरेको थियो ।
ति बैंकहरुले नेप्सले बनाएको सफ्टवेयर प्रयोग गर्दै आएका थिए। नेप्समा सनराइज, प्रभु माछापुच्छ्रे, सिद्धार्थ, सिटिजन, एनआईसी एसिया, बैंक अफ काठमाडौँ, प्राइम, नेपाल बंगलादेश, ग्लोबल आईएमई र जनता बैंक आवद्द छन् । त्यस्तै देव विकास बैंक, ज्योति, ओम, शाइन रेसुंगा, शंग्रिला, एक्सेल र लुम्बिनी विकास बैंक पनि यसमा आवद्ध छन् ।
यसैबीच घटनाको बिषयमा अहिले राष्ट्रबैंक र विभिन्न् बैंकहरुबीच छलफल भइरहेको छ। छलफलमा विभिन्न प्रविधिविज्ञहरुको पनि सहभागिता रहेको छ ।































प्रतिक्रिया