सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदीबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदीबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र चन्द्रागिरी नगरपालिका–१४, नैकापमा कार्यालय रहेको सिप्रदी ट्रेडिङ्ग प्रालिबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

बैंक र उक्त संस्थाबीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट कम्पनीका महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरेका थिए ।

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्गलाई विभिन्न प्रकारका बैंकिङ सुविधा दिँंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहकले भारतको प्रसिद्ध टाटा कम्पनी ब्राण्डको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिबाट नयाँ गाडी खरिद गर्न चाहेमा सम्झौता अनुसार कर्जा सम्बन्धी सेवा बैंकका शाखा कार्यालयबाट प्राप्त गर्न सक्ने जनाएको छ ।

भृकुटीमण्डपमा जारी नाडा अटो शोमा यस बैंकको स्टल नं ई २० बाट थप जानकारी पाउन सक्ने बताइएको छ ।

Skip This
Skip This
Logo