कर छल्ने उद्योगीलाई अर्थमन्त्रीको यस्तो चेतावनी (भिडियोमा)

कर छल्ने उद्योगीलाई अर्थमन्त्रीको यस्तो चेतावनी (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकारलाई झुक्याएर कर छल्ने प्रयास नगर्न उद्योग व्यवसायीलाई चेतावनी दिएका छन् ।

राजधानी काठमाडौंको भृकुटीमण्डपमा मंगलबार नाडा अटो शो २०१९ को उद्घाटन गर्दै मन्त्री खतिवडाले विद्युतीय सवारी साधन भनेर ब्याट्रीबाट स्टाट हुने तर संचालनकालागि पेट्रोल या डिजेल नै आवश्यक पर्ने सवारी साधन ल्याएर उद्योगीले कर छल्न खोजेको बताए ।

विद्युतीय ऊर्जाबाट चल्ने गाडीमा मात्रै सरकारले भन्सार र अन्तशुल्क छुट दिएको स्मरण गराउँदै उनले उद्योगीहरुलाई इमान्दार भएर व्यवसाय गर्न आग्रह गरे ।

Skip This
Skip This
Logo