सडक बोर्डका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतले सवारीसाधनको स्पेयर पार्ट्सको कर सडक मर्मतमा खर्च गरिने बताएका छन् । केन्द्रबिन्दु मिडियाले आयोजना गरेको १४ औँ नाडा अटो विशेष राउण्ड टेवलमा बोल्दै बस्नेतले त्यसका लागि प्रक्रिया शुरु भैसकेको जानकारी दिएका हुन्।
बस्नेतले विगतको तुलनामा सडक मर्मत सम्भारका लागि बजेट बढेको बताए । ऐनले १ खर्व ५७ अर्ब बोर्ड मातहतमा खर्च हुनुपर्ने व्यवस्था गरेको भन्दै उनले रिकन्स्ट्रक्सन र अपग्रेडिङको जिम्मा दिइएको तर मर्मतको पैसा मात्रै आएको पनि बताए । स्थानीय सडक ७० हजार किलोमिटर भए पनि सबै सडक मर्मतका लागि आवश्यक पैसा नभएको बस्नेतको भनाइ छ । गत वर्ष करिव ९० प्रतिशत बजेट खर्च भएको जानकारी दिंदै उनले हाइवे मर्मतलाई प्राथमिकता दिइएको बताए ।
बोर्डले नयाँ सडक निर्माणमा भन्दा विद्यमान सडकको गुणस्तर वृद्धिमा काम गरिरहेको उनले दाबी गरे । अघिल्लो वर्ष पनि २५ करोड रुपैंया स्मार्ट लाइट राख्नकै लागि दिइएको र काठमाडौंलाई व्यवस्थित गर्न बढी बजेट विनियोजन गरिएको उनले बताए ।
थप भिडियोमा





























प्रतिक्रिया