सच्चा व्यवसायी भिसिटिएस प्रणालीदेखि तर्सनु नपर्ने (भिडियाेसहित)

सच्चा व्यवसायी भिसिटिएस प्रणालीदेखि तर्सनु नपर्ने (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु मिडियाले आयोजना गरेको १४ औँ नाडा अटो विशेष राउण्ड टेवलमा बोल्दै राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले सच्चा व्यवसायी भिसिटिएस प्रणालीदेखि तर्सनुपर्ने कुनै कारण नरहेको बताएका छन् ।

बजारमा अनुशासन कायम होस्, स्वस्थ प्रतिस्पर्धा होस् अनि इमान्दार भएर काम गर्ने व्यवसायी पलाय हुन नपरोस् भनेर नै यो प्रणाली लागू गर्न खोजिएको उनले बताए । “यसबाट डराउने भनेका अवैध कारोवारी मात्रै हुन्” उनले भने ।

भिसिटिएस प्रणाली अहिले लागू गरिएको भए पनि तयारी भने २०७१ देखि नै थालिएको मैनालीले बताए । आफैंले अनलाइनबाट दर्ता गर्न सकिने, अरू कसैको पनि नियन्त्रण नहुने, आफूले आफ्ना सूचनाहरू निर्वाध रूपमा राख्न सकिने, आफ्ना कर्मचारीले के गरे के गरेनन् भनेर संसारको जुनसुकै कुनामा बसेर हेर्न सकिने भएकाले यो प्रणाली व्यवसायीहरूका लागि अत्यन्त उपयोगी रहेको उनको भनाइ थियो ।

मैनाली भन्छन्– “साउन १ बाट लागू भएको यो प्रणालीले सुशासन ल्याउन सघाउँछ, असल व्यवसायीलाई सुरक्षा दिन्छ । यो लागू भएपछि अहिलेसम्म बिलविजक नलिई हिँड्ने ३ वटा गाडी र सामान सिज गर्नेबाहेक कुनै व्यवसायीलाई कारवाही गरिएको छैन । बरु राजस्वमा काम गर्ने १२ जना कर्मचारीमाथि मुद्दा दायर गरिएको छ । स्पेयरपार्टस व्यापार गर्ने केहीलाई पनि मुद्दा दायर गरिएको छ । तसर्थ अनुगमन प्रभावकारी होस् भनेर ल्याइएको भिसिटिएस प्रणालीबाट तर्सनुपर्ने कुनै कारण छैन ।”

थप भिडियोमा

Skip This
Skip This
Logo