विराटनगर,
कृषि विकास बैंक क्षेत्रीय कार्यालय विराटनगरले आर्थिक वर्ष २०७५/७६ मा कुल ५७ करोड ५२ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले १४ अर्ब ७५ करोड ९२ लाख रुपैयाँ लगानी गर्ने लक्ष्य लिएकोमा उक्त अवधिमा १४ अर्ब ५२ करोड ३१ लाख रुपैयाँ लगानी गरी ९८ प्रतिशत प्रगति हासिल गरेको बैंकले जनाएको छ ।
अघिल्लो आवमा बैंकले १२ अर्ब ८९ करोड ९४ लाख ४७ हजार रुपैयाँ लगानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष १ अर्ब ६२ करोड ३६ लाख ६५ हजार रुपैयाँ भन्दा बढी रकम लगानी गरेको बैंकका सूचना अधिकारी जीवन घिमिरेले जानकारी दिए ।
गत आर्थिक वर्षमा ८ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ निक्षेप संकल न गर्ने लक्ष्य लिएको बैंकले सो अवधिमा ७ अर्ब ४२ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरी ८८ प्रतिशत प्रगति हासिल गरेको छ । यो लक्ष्यको तुलनामा १ अर्ब ३ करोड ३८ लाख रुपैयाँ कमी हो । बैंकले गरेको लगानीमा शंकास्पद नोक्सानी व्यवस्थामा ३३ करोड ४९ लाख ८२ हजार रुपैयाँ रकम राखेको छ । कुल १ लाख ४६ हजार ४३० सेवाग्राही रहेको बैंकमा ५४ हजार १६७ जना सक्रिय छन् ।































प्रतिक्रिया