भारतबाट आयातित् आलुमा ४७ प्रतिशत विषादी पाइयो

भारतबाट आयातित् आलुमा ४७ प्रतिशत विषादी पाइयो

केन्द्रबिन्दु
0
Shares

पोखरा,

गण्डकी प्रदेशको राजधानी पोखरामा भारतबाट आयात गरिएको सेतो आलुमा ४७ प्रतिशत विषादी मिसावट भएको भेटिएको छ । भारतबाट बिक्रीका लागि ल्याइएको सेतो आलुमा बिषादीको रोकावट दर ४७ प्रतिशतसम्म भेटिएको बाली संरक्षण प्रयोगशाला कास्कीका बाली संरक्षण अधिकृत सञ्जीव बास्तोलाले बताए ।

“विषादी रोकावट दर ३० प्रतिशतसम्म हुँदा खानयोग्य हुन्छ, ३० देखि ४५ प्रतिशतसम्म यसको मात्र बढी भएमा एक हप्ता जसो अप्जरवेसन गरेर मात्र खान सकिन्छ,” उनले भने, “त्यो भन्दा माथिको प्रतिशत आएमा खान अयोग्य ठहरिन्छ, त्यस्ता वस्तुलाई नष्ट गर्नुपर्छ ।”

केही समय अघि विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कार्यालय पोखराले आलुमा कार्वोमेट परीक्षण गर्दा मानव स्वास्थ्यका लागि उक्त आलु खान अयोग्य भएको पुष्टि गरेसँगै कृषि उपज बजार व्यवस्थापन समितिले उक्त आलुलाई नष्ट गरेको थियो ।

पोखराका ४ जना व्यवसायीले भारतबाट ल्याएको सेतो आलुमा अत्याधिक विषादी भेटिएकाले समितिले उक्त आलु मानव स्वास्थ्यलाई हानिकारक हुने भन्दै नष्ट गरेको कृषि उपज बजारकी निमित्त बजार व्यवस्थापक रुपा दाहालले बताईन् । उनका अनुसार पोखरामा विगत तीन महिनादेखि फलफूल तथा तरकारीमा विषादीको मात्रा परीक्षण गरिँदै आइएको छ । प्रायःजसो आलु, प्याज भारतबाट आउने गरेको भन्दै उनले अन्य फलफूल र तरकारी सिजन अनुसार र पोखराको माग अनुसार भारतबाटै धेरै आउने बताइन् ।
कारोबारबाट

Skip This
Skip This
Logo