निर्जीवन बीमा कम्पनीहरुको पुस महिनाको व्यवसाय घट्यो

निर्जीवन बीमा कम्पनीहरुको पुस महिनाको व्यवसाय घट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गत पुस महिनामा निर्जीवन बीमा कम्पनीहरु कूल बीमा व्यवसाय घटेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा कम्पनीहरुको तथ्याङ्कमा पुस महिनामा कम्पनीहरुको कूल बीमा व्यवसाय १०.४५ प्रतिशतले घटेकाे हाे।

निर्जीवन बीमा कम्पनीहरुले पुस महिनामा मात्रै कूल तीन अर्ब ६७ करोड ५० लाख चार हजार रुपैयाँको बीमा व्यवसाय गरेका छन्। सो गत आवको पुस महिनाको तुलनामा १०.४५ प्रतिशतले कम हो । गत वर्षको पुसमा चार अर्ब १० करोड ४० लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गरेकोमा यस वर्ष लघु निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय सुरु भएको तथा आर्थिक संकटका कारण घटेको हो ।

कूल बीमा शुल्कको आधारमा पुस महिनामा शिखर इन्स्योरेन्स व्यवसाय सबैभन्दा धेरै छ। सो कम्पनीले ८७ करोड ३१ लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ। त्यस्तै, दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ३४ करोड ७४ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गर्न सफल भएको छ।

त्यस्तै, चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स बीमा ब्यवसाय गर्ने निर्जीवन बीमा कम्पनीको तेस्रो नम्बरमा रहेको छ । कम्पनीले ३२ करोड ६ लाख रुपैयाँ कूल बीमा शूल्क संकलन गरेको छ ।

साथै, पुष मसान्तसम्ममा बीमा ब्यवसाय गर्ने निर्जीवन बीमा कम्पनीमा क्रमशः हिमालयन एभरेष्ट इन्स्योरेन्सले २८ करोड २० लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियलले २८ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले २९ करोड ९८ लाख रुपैयाँ, एनएलजि इन्स्योरेन्सले २३ करोड ६५ लाख रुपैयाँ, यूनाइटेड अजोडले २३ करोड ५२ लाख रुपैयाँ, द ओरियन्टलले २० कराृड ७९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

समिक्षा अवधिमा सानिमा जिआईसी इन्स्योरेन्सले १८ करोड १६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १३ करोड १० लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले १० करोड ३५ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ६ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्ने सफल भएका हुन् ।

एक महिनामा बीमा ब्यवसाय २२ प्रतिशतले बढ्यो

पुष महिनामा मात्र निर्जीवन बीमा कम्पनीहरुको ब्यवसाय २२.८९ प्रतिशतले बढेको छ । मंसिर महिनामा निर्जीवन बीमा कम्पनीले २ अर्ब ९९ करोड ६ लाख रुपैयाँ बीमा शूल्क आर्जन गरेको पुषमा बढेर ३ अर्ब ६७ करोड ५० लाख रुपैयाँ पुगेको हो ।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको बीमा कम्पनीहरुको तथ्याङ्कमा पुस महिनामा मात्र शिखर इन्स्योरेन्सको व्यवसाय सबैभन्दा उत्कृष्ट देखिएको छ । पुषमा मात्र कम्पनीको कम्पनीको ब्यवसाय ८७ करोड ३१ लाख रुपैयाँ रहेको छ । जुन मंसिरको तुलनामा १८७.१५ प्रतिशतले बढी हो ।

त्यस्तै, दोस्रो नम्बरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३४ करोड ७४ लाख रुपैयाँ, तेस्रो नम्बरमा सिद्धार्थ प्रिमियरले ३२ करोड ६ लाख रुपैयाँ, चौथो नम्बरमा हिमालयन एभरेष्टले २८ करोड २० लाख रुपैयाँ र पाँच नम्बरमा आइजिआई प्रुडेन्सियलले २८ करोड रुपैयाँको बीमा ब्यवसाय आर्जन गरेको छ ।

Skip This
Skip This
Logo