काठमाडौं,
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को तयारी भव्य हुने बताएका छन् । उनले २० हजार व्यवसायी टुँडिखेलमा उतारेर भ्रमण वर्षको शपथ खान तयार रहेको बताए ।
‘भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्रको साथ र सहयोग आवश्यक छ’, शुक्रबार राजधानीमा आयोजित नेपाल भ्रमण वर्ष २०२० को लागि आवश्यक सुझाव कार्यक्रममा मन्त्री भट्टराईले भने, ‘राज्य र निजी क्षेत्रको सहकार्यमा पूर्वाधार निर्माण गर्ने र पर्यटन वर्षलाई सफल पार्न सकिन्छ।’
यसका लागि सरकारी निकायले गर्नुपर्ने कामको वर्गीकरण गरेर जान सरकार तयार रहेको उनले जानकारी दिए । भ्रमण वर्ष सफल पार्न निजीक्षेत्रसँग छलफल गर्न र आवश्यक साथ र सहयोगको निम्ति सरकार सधैं तयार रहेको पनि उनको भनाइ छ ।
उनले भ्रमणवर्षको कार्यक्रम र योजनाका निम्ति पर्यटन व्यवसायीलाई तीन दिन भित्र आवश्यक सुझाव दिन पनि आग्रह गरे । अब सरकारले निजी व्यवसायी, कूटनीतिक नियोग, विदेशमा रहेका नेपाली सबैको सहयोगमा भ्रमण वर्ष सफल पार्ने काम गर्ने उनले बताए ।
बाहिर रहेका ५० लाख नेपालीमार्फत एक जनाले एक व्यक्तिलाई नेपाल भ्रमण गर्न सुझाउने गरी योजना तय गर्न लागेको पनि मन्त्री भट्टराईले बताए । भ्रमण वर्ष सफल बनाउन नेपाल वायुसेवा निगमलाई थला पर्नबाट जोगाउने, देशका विभिन्न क्षेत्रका पर्यटन व्यवसायीसँग क्षेत्रगत छलफल गर्ने उनले बताए ।
भ्रमण वर्षको तयारीप्रति व्यवसायी असन्तुष्ट
सरकारले २० लाख पर्यटक भित्र्याउने गरी घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ को तयारीप्रति पर्यटन व्यवसायी भने असन्तुष्ट छन् । सरकारले प्रारम्भिक तयारी नगरी भ्रमण वर्ष मनाएको र पर्यटक भित्र्याउन आवश्यक पूर्वाधार, नीति तथा संरचनामा ध्यान नदिएको व्यवसायीको भनाइ छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया