पाथीभरामा तामाको स्वागतद्वार बनाउने निर्णय

पाथीभरामा तामाको स्वागतद्वार बनाउने निर्णय

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङ। ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिर क्षेत्रमा तामाको स्वागतद्वार बन्ने भएको छ। पाथीभरा क्षेत्र विकास समितिले भेटीमा चढाएको तामाबाट क्षेत्र विकास समितिले तीर्थालुका लागि स्वागतद्वार बनाउने निर्णय गरेको हो।

समितिका अध्यक्ष रक्की थेबेले मन्दिरमा संकलन भएको तामाबाट स्वागतद्वार बनाउने निर्णय भएको बताए। समितिकाअनुसार मन्दिरमा ६ हजार ५ सय ३९ किलो तामा संकलन भएको छ।

‘बिक्री गरेर आम्दानी बाँध्ने या प्रयोग गर्ने भन्ने विषयमा छलफल भएको थियो,’ हाङवाङले भने, ‘क्षेत्र विकास समितिको बैठक र अन्य संघसंस्थाको सुझाव प्रयोग गरौं भन्ने आएकोले स्वागतद्वार बनाउने तयारी भएको हो।’ यसअघि पाथीभरा देवी मन्दीर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले माथिल्लो फेदीमा पनि तामाकै द्वार निर्माण गरेको छ।

Skip This
Skip This
Logo