मिर्मिरे लघुवित्तको साधारण सभा फागुन १४ गते, कस्ता छन् प्रस्तावहरु ?

मिर्मिरे लघुवित्तको साधारण सभा फागुन १४ गते, कस्ता छन् प्रस्तावहरु ?

केन्द्रबिन्दु
3
Shares

काठमाडौँ। मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १४ गते साधारणसभाको मिति तय गरेको छ। लघुवित्तले साधारणसभा धुलिखेलमा अवस्थित होटल सारथीमा बिहान ११ बजे बोलाइएको हो।

छलफल तथा निर्णयका लागि निर्धारित प्रस्तावहरु
सामान्य प्रस्तावहरु…
सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०७९–०८० को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।

लेखापरीक्षकको आ.व. २०७९–८०को लेखापरीक्षण प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९–०८० को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत लेखा सम्बन्धी नीतिहरु सहित सम्बन्धित अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने ।

आर्थिक वर्ष २०८०–०५१ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्न । (वर्तमान लेखापरीक्षक के. जे. एगोनिएदम पाटड एकाउन्टेन्टमा पुनः नियुक्त हुन याेग्य रहेको।)

वित्तीय संस्थाको नियमावलीमा व्यवस्था भए बमोजिम संस्थापक समूहका ४ जना र सर्वसाधारण समूहका २ जना सन्चालकहरको निर्वाचन गर्ने सम्बन्धमा

विशेष प्रस्ताबहरु…
संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने सम्बन्धमा
संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने।
संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा सरिएको संशोधनमा नियमनकारी निकायबाट कुनै संशोधन वा परिमार्जन वा फेरवदल वनं सुझाव वा निर्देशन नाहमा सो अनुरुप गर्नका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने।

Skip This
Skip This
Logo