टाटा मोटर्सद्वारा भ्यालेन्टाइन एक्सचेञ्ज अफर सार्वजनिक

टाटा मोटर्सद्वारा भ्यालेन्टाइन एक्सचेञ्ज अफर सार्वजनिक

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ। नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले टाटा मोटर्स भ्यालेन्टाइन एक्सचेन्ज कार्यक्रम “एक्सचेन्ज वीद लव” को आयोजना गर्न लागेको छ। यही माघ २७ गते शुक्रवारदेखी ३ दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडीहरू साट्न सकिनेछ।

ग्राहक वर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरू प्रतिको रुचि तथा चाहनाहरूलाई मध्यनजर गर्दै यस कार्यक्रमको आयोजना गरिएको हो। उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, राधेराधे भक्तपुर, वेष्टर्न मोटर्स् महाराजगन्ज र जेबी मोटर्स् बालकुमारी र उपत्यका बाहिर रुद्र प्रिया इन्टरनेशनल, नेपलगञ्ज लगायत नेपाल भरी रहेका टाटाका शोरुमहरूमा आयोजना गर्न लागिएको हो।

यस एक्सचेन्ज वीद लव कार्यक्रममा गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रूपमा इभी गाडीहरूका लागि फास्ट चार्जर, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा आइफोन १५ प्राप्त गर्ने छन्। यस कार्यक्रमको मुख्य उद्देश्य भनेको ग्राहक वर्गलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभूति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु हो।

नेपाल भरी आयोजना हुने यस भ्यालेन्टाइन एक्सचेन्ज कार्यक्रममा इभी र आइस रेन्जका गाडी खरिद गरी विभिन्न किसिमका अफरहरू प्राप्त गर्न सकिनेछ। यस कार्यक्रमको अवसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ। साथै नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउनुहुन कम्पनीले अनुरोध गरेको छ।

Skip This
Skip This
Logo