आइपीओ जारी गर्दै झ्यामोलोङ्गमा हाइड्रोपावर

आइपीओ जारी गर्दै झ्यामोलोङ्गमा हाइड्रोपावर

केन्द्रबिन्दु
21
Shares

काठमाडौं। झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणहरुको लागि उक्त आइपीओ निष्काशन गर्ने जनाएको हो।

आइपीओ बिक्रीका लागि लक्ष्मी सनराइज (एलएस) क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त भएको छ। कम्पनीले १०० अकिंत दरमा ५१ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो।

साधारण सेयर निष्कासन कार्यको लागि कम्पनीको करर्पोरेट कार्यालय कुपन्डोल, लिलितपुरमा कम्पनीको तर्फबाट कार्यकारी सञ्चालक सुनिल नारायण श्रेष्ठ तथा एलएस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

झ्यामोलोङ्गमा हाइड्रोपावारले ३२ मे.वा. क्षमता रहेको करुवा सेती हाइड्रोपावर आयोजना निर्माण कार्य करिब ९० प्रतिशत सम्पन्न गरिसकेको छ। उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भए पश्चात यसै आर्थिक वर्षभित्र विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिने कम्पनीको भनाई छ।

Skip This
Skip This
Logo