एनआईसी एशिया बैंक र सेल-पेबीच एक सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सेल पेको तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन्।
यो सम्झौतासँगै सेल पे मा ग्राहकहरुले एन आई सी बैंक एकाउन्ट लिंक गरेमा वेलकम बोनसको रुपमा एक सय रुपैयाँ बराबरको मोबाइल टपअप प्राप्त गर्न सक्ने छन् । लिंक गरेको खाताबाट भुक्तानी गर्दा कुनै शुल्क नलाग्ने जानकारी दिएको छ। यसका साथै विभिन्न बिल भुक्तानी गर्दा थप क्यास ब्याक अफर पनि यो सुविधामा उपलब्ध रहेको छ ।
सेल पे प्रयोग गरी बिजुली, खानेपानी, इन्टरनेट, टिभी साथै स्कुल, रेष्टुरेन्टको बिल भुक्तानी गर्न, अन्तरबैंक फण्ड ट्रान्सफर आदिको सुविधा प्राप्त गर्न सकिन्छ ।































प्रतिक्रिया