ग्लोबल आईएमई बैंकले हाथवे प्राप्ति गर्ने बाटो खुल्यो

ग्लोबल आईएमई बैंकले हाथवे प्राप्ति गर्ने बाटो खुल्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने विशेष प्रस्ताव पारित गर्दै ग्लोबल आईएमई बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ । मंगलबार आयोजित विशेष साधारणसभाले हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने सम्बन्धी सम्झौतापत्र स्वीकृत गर्दै कम्पनी प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ ।

त्यस्तै साधारणसभाले प्राप्ति प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त सम्पत्ति, दायित्व तथा कारोबार मूल्यांकन प्रतिवेदनका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात स्वीकृत गरेको छ । प्रतिवेदन अनुसार हाथवे फाइनान्स कम्पनीको १ सय कित्ता सेयरलाई ग्लोबल आईएमई बैंकको ४२ कित्ता सेयर प्रदान गर्ने गरी सेयर स्वाप अनुपात स्वीकृत भएको पनि बैंकले जनाएको छ ।

हाथवे फाइनान्सको प्राप्तिपछि ग्लोबल आइएमई बैंकको चुक्तापुँजी १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ पुग्नेछ । यसका अतिरिक्त बैंकको शाखा सञ्जाल १४१, कुल निक्षेप १२५ अर्ब रुपैयाँ भन्दा बढी, कुल कर्जा ११४ अर्ब रुपैयाँ भन्दा बढी पुग्नेछ भने ग्राहक संख्या करिब ११ लाख पुग्नेछ । यस अघि ग्लोबल आईएमई बैंकले जनता बैंक नेपालसँग मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी मर्जर प्रक्रिया अगाडि बढाएको छ ।

Skip This
Skip This
Logo