गरिमा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

गरिमा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

केन्द्रबिन्दु
15
Shares

काठमाडाैँ। गरिमा विकास बैंक लिमिटेडको बोनस सेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको चुक्ता पुँजीको ९.५० प्रतिशतले हुन आउने ४९ लाख २८ हजार ३०२ दशमलव ७१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकरण भएको हो।

आर्थिक वर्ष २०७९–८० बाट बैंकले चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश दिएको थियो। सोही बोनस आज नेप्सेमा सूचीकृत भएको हो । पुस २९ गते सम्पन्न भएको १७ औं वार्षिक साधारण सभाले सो बोनस वितरणको प्रस्ताव पारित गरेको थियो।

बोनस सेयर वितरणपछि गरिमा विकास बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ५०० रुपैयाँ रुपैयाँ पुगेको छ । उक्त कम्पनीको सेयर सोमबार प्रतिकित्ता ३८२.८० रुपैयाँमा कारोबार भएको छ।

सोमबार सुचीकृत बोनस सेयर बुकक्लेजको अघिल्लो दिनसम्म कायम सेयरधनीले डिम्याट खातामा जम्मा भएपछि दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन्।

Skip This
Skip This
Logo