काठमाडौं,
डाट्सन तथा निशान गाडीका लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले राष्ट्रव्यापी रूपमा निःशुल्क मनसुन सर्भिस क्याम्प सञ्चालन गरेको छ ।
यस क्यामको प्रारम्भ गएको बिहीबारदेखि भई साउन १६ गतेसम्म देशव्यापी रूपमा सञ्चालन भइरहेको कम्पनीले जनाएको छ । यो सर्भिस क्याम्प नेपाल अधिराज्यभर रहेका कम्पनीका आधिकारिक सर्भिस सेन्टरहरूमार्फत सहजै उपलब्ध हुने जनाएको छ ।
यो निःशुल्क सर्भिस क्याम्पमा ग्राहकहरूले अन्य विभिन्न अतिरिक्त सुविधाहरू जस्तै निःशुल्क गाडी चेक अप, निःशुल्क टप वास, स्पेयर पार्टको खरिदमा २० प्रतिशतसम्म छुट, अन्य एक्सोसरिजहरूको खरिदमा ३० प्रतिशत छुट लगायत बाढीले क्षति भएका निशान तथा डाट्सन गाडीलाई विशेष सुविधा प्रदान गरिने पनि कम्पनीले जनाएको छ ।
यो सर्भिस क्याम्प पायोनियर मोटो कर्पले आफ्ना ग्राहकहरू समक्ष उत्कृष्ट एवं ग्राहकमुखी उच्चतम् अनुभव प्रदान गर्न गरिएको पहल भन्दै कम्पनीले यस मनसुन क्याम्प अवधिभर ग्राहकहरूले आफ्नो गाडीको अवस्था एवं कार्य क्षमताको प्राविधिक जाँच गर्न सक्ने पनि जनाएको छ ।





























प्रतिक्रिया