नासा नेपालको उपाध्यक्षमा आशिष गजुरेल तथा सम्झना शाह पोखरेल चयन

नासा नेपालको उपाध्यक्षमा आशिष गजुरेल तथा सम्झना शाह पोखरेल चयन

केन्द्रबिन्दु
81
Shares

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)को उपाध्यक्ष पदमा आशिष गजुरेल तथा सम्झना शाह पोखरेल चयन भएका छन् ।

दशरथ रिसालको अध्यक्षतामा सम्पन्न नासा नेपालको केन्द्रीय कार्यसमितिको तेस्रो बैठकले रिक्त उपाध्यक्ष पदमा आशिष गजुरेल तथा सम्झना शाह पोखरेललाई चयन गरेको हाे । साथै बैठकले २३ विभिन्न विषयगत कमिसन, कार्यदल र जिम्मेवारी तोकेको छ । संघको विधानमा व्यवस्था भए बमोजिम संघमा तीन टायर (सल्लाहकार, कार्यसमिति तथा सचिवालय) को व्यवस्था गरिएको छ ।

संघको सल्लाहकारहरुमा धनञ्जय रेग्मी, डा. शिवजी यादव, शिवहरी सापकोटा, शिवप्रसाद घिमिरे, ठाकुरप्रसाद न्यौपाने, अच्युत गुरागाईं, डिल्लीराज सुवेदी, ऋतु भट्ट, चंकी क्षेत्री र अनिल भण्डारी चयन भएका छन् । साथै गोविन्द भट्टराई, सन्तोष न्यौपाने, महेश अधिकारी, कमला छेत्री, यदुराज लामिछाने, स्पोर्ट्स म्यानेजर तथा नासा फाउन्डेसनका प्रतिनिधि रहेको सात सदस्यीय सचिवालयसमेत अनुमोदन गरेको छ ।

बैठकले साधारण सभाको निर्णय अनुसार आर्थिक नियमावली, इभेन्ट व्यवस्थापन नियमावली तथा प्रदेश संघ, क्लब तथा सचिवालय सञ्चालन नियमावली पारित गरेको छ भने -यालीक्रस, अटोक्रस तथा गियर एन्ड ग्याजेटसम्बन्धी प्राविधिक मापदण्ड समेत तयार गरेको छ । साथै देशका सातवटै प्रदेशमा रहेका प्रदेश संघको साधारणसभा तथा निर्वाचन यथासक्य छिटोे अगाडि बढाउने निर्णय गरेको छ भने एसोसिएट र क्लबलाई समेत सक्रिय रुपमा परिचालन गर्ने निर्णय भएको छ ।

Skip This
Skip This
Logo