काठमाडौं ।
उखु किसानको आन्दोलनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले ऐक्यवद्धता जनाएको छ ।
नेमकिपाका सांसद प्रेम सुवालले आइतबार माइतीघर मण्डलामा पुगेर उखु किसानको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका हुन् । सर्लाहीबाट काठमाडौं आएका किसानहरु एकसाता यता माइतीघर मण्डलामा उद्योगीहरुबाट पाउनु पर्ने भुक्तानी दिलाईदिन माग गर्दै आन्दोलनमा उत्रिएका छन् । आन्दोलनलाई समर्थन गर्न पुगेका सांसद सुवालले उखु किसानलाई तत्काल भुक्तानी दिलाईदिने काम सरकारले गर्नुपर्ने बताए । बर्षौंदेखि देखिदै आएको भुक्तानी नहुने समस्याको दीर्घकालिन समाधान गर्नुपर्ने पनि नेता सुवालले बताए।
किसानहरुले गत वर्ष पुस १८ गते भएको सम्झौता बमोजिम भुक्तानी दिलाईदिन माग गर्दै आन्दोलनमा बसेका हुन् । गतवर्ष पुस १८ गते सरकार, उद्योगी र उखु किसानबीच भएको सम्झौता अनुसार गत वर्षकै माघ ७ गते भित्र भुक्तानी दिने उल्लेख छ । तर चिनी मिल सञ्चालकहरुले एक वर्षसम्म पनि भुक्तानी नदिएपछि किसानहरु काठमाडौं आई आन्दोलनमा उत्रिएका हुन् ।































प्रतिक्रिया