काठमाडौं,
प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा चितवन जिल्लाको खैरहनी नगरपालिका–८ स्थित पर्सा बजारमा आफ्नो १८९ औं शाखा कार्यालयको रूपमा पर्सा शाखा कार्यालय सञ्चालनमा ल्याएको जनाएको छ ।
बैंकको पर्सा शाखा कार्यालयको खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणि चौधरीले उ्घाटन गरेका हुन् । बैंकको पर्सा शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि तथा खैरहनी नगरपालिकाका नगरप्रमुख लालमणि चौधरीले प्रभु बैंकले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएको बताए ।
उनले यसबैंकले सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा गुणस्तरीय अत्याधुनिक प्रविधिसहितको बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।





























प्रतिक्रिया