चालु आर्थिक वर्षको मौद्रिक नीति आज दिउँसो सार्वजनिक गरिने भएको छ।
नेपाल राष्ट्र बैंकले आज दिउँसो ४ बजे मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो। मौद्रिक नीतिमा वित्तीय संस्थाको मर्जरलाई जोड दिइएको छ।
सरकारले राखेको उच्च आर्थिक विकास र न्यून मुद्रास्फीति लक्ष्यको बीचमा मौद्रिक सन्तुलन मिलाउनु राष्ट्र बैंकका लागि चुनौतीपूर्ण हुने अनुमान गरिएको छ। सरकारले चालु वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धि र ६ प्रतिशतको मुद्रास्फीतिको लक्ष्य राखेको छ ।































प्रतिक्रिया