काठमाडाैँ। भियतनामी ईभी निर्माता भीनफास्टले भारतमा भीएफ–३ इलेक्ट्रिक मिनी–एसयुभीको डिजाइन पेटेन्ट दायर गरेको छ। भारतमा प्लान्ट निर्माणको काम अघि बढाइसकेको कम्पनीले निकट भविष्यमै यसको उत्पादन सुरु गर्ने देखिएको छ।
सींगल मोटद्वारा संचालित सो नयाँ एसयुभीमा दिइएको ब्याट्री प्याकको प्राविधिक स्पेसिफिकेशन भने खुलाएको छैन। कारले २०१ किलोमिटर रेन्ज दिने दावी गरिएको छ।
भीनफास्टको भारत यात्रा तय भएसंगै नेपालमा समेत बिक्री गर्नेगरी बिशाल ग्रुपले डिलरसिप लिइसकेको छ। भारतीय बजारमा सन् २०२५ देखी भिनफास्टका ईभी उपलब्ध हुने र लगत्तै नेपाली बजारमा पनि आउने अनुमान गर्न सकिन्छ।
अमेरिकाको लस भेगासमा हालै सम्पन्न कन्ज्युमर इलेक्ट्रोनिक्स शोमा डेब्यू गरिएको भीएफ–३ दुई ढोका भएको मिनी एसयूभी हो। जसमा बक्सी डिजाइन रहेको छ। यसमा अगाडि र पछाडि चंकी बम्परहरू दिइएको छ भने ह्वील आर्चमा ब्ल्याक फिनिश दिइएको छ । कारमा ब्ल्याक रुफ र ग्लोस ब्ल्याक अलोय ह्वील पाउन सकिन्छ।
कारको इन्टेरियरमा एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटीको साथ १० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र २–स्पोक स्टेयरिङ ह्वील दिइएको छ।































प्रतिक्रिया