सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र उपाय सर्भिसेज लिमिटेडबीच व्यवसायिक परामर्श सेवा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र उपाय सर्भिसेजका तर्फबाट अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर  गरेका छन् ।

सांग्रिला डेभलपमेन्ट बैंकका  ग्राहकहरुले नयाँ व्यवसायको योजना, उद्योगसंग सम्बन्धित सेवा, कर तथा लेखा सम्बन्धि लगायतका अन्य सेवाहरु बैंकका शाखा कार्यालयहरुबाट उपाय सर्भिसेजमार्फत सहज तथा सरल रुपमा परामर्श प्राप्त गर्न सक्ने बैंकका नायव महाप्रवन्धक अपूर्व प्रसाद जोशीले जानकारी दिए ।

Logo