काठमाडौं। नेपाली बजारमा उपलब्ध भिडोल लुब्रिकेन्ट अब भीजी ल्युबले बिक्री–वितरण नगर्ने भएको छ। भारतमा टाइड वाटर आयल कम्पनी (इन्डिया) ले उत्पादन गर्ने भिडोल लुब्रिकेन्ट नेपाली बजारमा हाल सम्म उपलब्ध भएकोमा अब भने नेपालमै यसको उत्पादन हुने भएको छ ।
तर भिडोल लुब्रिकेन्ट नेपालमा युनाइटेड लुब्रिकेन्टले उत्पादन गर्नेछ। भिडोल इन्टरनेसनल, युकेसँग यसका लागि सम्झौता सम्पन्न भइसकेको र छिट्टै नै नेपाली बजारमा उपलब्ध हुने युनाइटेड लुब्रिकेन्टले जनाएकाे छ।
अटोमोबाइल पार्ट्सको व्यवसाय गर्दै आएको अग्रणी कम्पनी सत्यदीप ग्रुपको अगुवाईमा युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिजको स्थापना भएको हो।
नेपालमै भिडोल उत्पादन भयो भने यो नेपालमै उत्पादन हुने गल्फ पछिको दोस्रो बहुराष्ट्रिय लुब्रिकेन्ट ब्रान्ड हुनेछ। यो भन्दा पहिले चौधरी ग्रुप अन्तर्गतको नेपाल ल्युब आयलले पनि नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन गर्दै आएको छ।
भिडोल लुब्रिकेन्ट नेपाली बजारमा सन् २०१२ देखि नै उपलब्ध छ । भिडोल लुब्रिकेन्ट मोटरसाइकल, कार, मिनीभ्यान, एसयूभी र कमर्सियल तथा अन्य विभिन्न सवारी साधनमा प्रयोग भइरहेको छ। युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिज प्रालिले धनुषाको ढल्केवर–३ लालभित्ती चोकमा ल्युब आयल ब्लेन्डिङ प्लान्ट सञ्चालन गरेको छ।





























प्रतिक्रिया