‘समृद्धिको लागि सिभिल बैंक’ भन्ने नारासहित संचालित सिभिल बैंकले आइएसओ सर्टिफिकेट प्राप्त गरेको छ । बैंकले ‘आईएसओ ९००१ः२०१५’ प्राप्त गर्न सफल भएको हो ।
सर्टिफिकेट प्रदान गर्ने संस्था युनाइटेड रजिष्ट्रर अफ सिस्टम (युआरएस)का नेपाल प्रतिनिधि प्रकाश पौडेलले सिभिल बैंकका प्रमुख अधिकृत गोविन्द गुरुङलाई सर्टिफिकेट हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा बैंकका सीईओ गुरुङले आगामी दिनमा पनि बैंकलाई ग्राहकमैत्री र ग्राहकहरुकै चाहना अनुरुप सुविधाहरु आधुनिक डिजिटल बैंकिङ प्रोडक्टहरु ल्याउने बताए ।
यसैबीच सिभिल बैंकले बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले गरेका हुन् ।





























प्रतिक्रिया