काठमाडौं,
देवः विकास बैंक लिमिटेडले वेष्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी एकिकृत कारोबार प्रारम्भ गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले उक्त कारोबारको शुभारम्भ गरे ।
कार्यक्रममा देवः विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले ६ वटा बैंक तथा वित्तीय संस्थाहरु समाहित देवः विकास बैंक लि.ले शाखा सञ्जालको बृद्धिलाई उपयोग गर्दै बैंकले आफ्नो व्यवस्थापनलाई पनि थप सुदृढ गरी सेवाग्राहीलाई सहज एवं सरल बैंकिङ सेवा प्रदान गर्ने एवं लगानीकर्तालाई उचित प्रतिफल प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
राष्ट्र बैंकका गभर्नर डा. नेपालले केन्द्रीय बैंकले अघि सारेको मर्जर तथा प्राप्ति नीतिबारे चर्चा गर्दै बैंक तथा वित्तीय संस्थाहरुले मर्जर तथा प्राप्तिको अवसरलाई उपयोग गरी बैंकको वित्तीय आधारलाई बलियो बनाएर अन्तरराष्ट्रिय आर्थिक क्षेत्रमा समेत व्यवसायिक पहुँच पु¥याउन सक्षम हुनु पर्ने बताए । देवः विकास बैंकले गुणस्तरिय बैकिङ सेवाको विकासमा समेत जोड दिएर उत्कृष्ट बैंकको रुपमा स्थापित हुने विश्वास पनि उनले व्यक्त गरे ।





























प्रतिक्रिया