‘सबैको’ लघुवित्तको आइपीओ आज (साउन १ ) देखि खुलेको छ। कम्पनीको शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले ५ करोड ३० लाख बराबरको ५ लाख ३० हजार कित्ता आईपिओ निष्काशन गरेको हो । जसमध्ये ८ हजार २ सय ५० कित्ता कर्मचारीको लागि, २६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकी रहेको ४ लाख ९५ हजार २ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम २ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।
आईपिओ निष्काशन गर्न लागेको सबैको लघुवित्तले ग्रेड ४ को रेटिंङ पाएको छ । तनहुँको बन्दीपुर डुम्रेमा केन्द्रीय कार्यालय यस लघुवित्तले २०७४ आषाढ ३० गतेबाट कारोवार सुरु गरेको थियो ।
लगानीकर्ताले साउन ५ गतेसम्म आवेदन दिन सक्ने छन् ।































प्रतिक्रिया