काठमाडौं,
कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तारको क्रममा भक्तपुर जिल्लाको मध्यपुर ठिमी महानगरपालिका–२६ स्थित राधे राधेमा आफ्नो ९३ औंं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।
बैंकका अध्यक्ष सुदीप आचार्य र सञ्चालक तथा नायव महाप्रबन्धक हरिप्रसाद लम्सालले संयुक्त रूपमा कारोबार शुभारम्भ गरेका थिए । बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरू तथा बृहत् शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरूलाई उच्च स्तरको बैंकिङ सेवा सुविधाहरू उपलब्ध गराउँदै जानेसमेत जानकारी दिएको छ ।































प्रतिक्रिया