एनआईसी एशिया बैंकले बढायो निक्षेपको ब्याजदर

एनआईसी एशिया बैंकले बढायो निक्षेपको ब्याजदर

केन्द्रबिन्दु
48
Shares

काठमाडौँ । एनआईसी एशिया बैंकले चैत महिनाका लागि मुद्दनी निक्षेपको ब्याजदर वृद्धि गरेको छ। व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.५४८ प्रतिशत कायम गरेको हाे।

जुन फागुन महिनामा प्रदान गरिएको अधिकतम ब्याजदरको तुलनामा ६.८५ प्रतिशतले धेरै हो। बैंकले फागुन महिनामा व्यक्तिगत निक्षेपतर्फ अधिकतम ८ प्रतिशत ब्याजदर दिएको थियो।

बैंकले चैत महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि ७.५० प्रतिशत,३ महिनादेखि १२ महिनाका लागि ८.१०० प्रतिशत,१२ महिनाका लागि ८.२५० प्रतिशत,१२ देखि १८ महिनासम्मका लागि पनि ८.२५० प्रतिशत र १८ महिनादेखि १८० महिनासम्मका लागि ८.५४८ प्रतिशत ब्याजदर प्रदान गर्नेछ।

Skip This
Skip This
Logo