भ्रमपूर्ण समाचारप्रति हिमालयन इन्टरप्राईजेज प्रालिकाे गम्भिर ध्यानाकर्षण

भ्रमपूर्ण समाचारप्रति हिमालयन इन्टरप्राईजेज प्रालिकाे गम्भिर ध्यानाकर्षण

केन्द्रबिन्दु
56
Shares

काठमाडाैँ। हिमालयन इन्टरप्राईजेज प्रालिले पुल्चोकस्थित जग्गा सम्वन्धमा भ्रमपूर्ण समाचार प्रकाशित भएकाे भन्दै ध्यानाकर्षण गराएकाे छ। विज्ञप्ति जारी गर्दै कम्पनीले व्यक्तिगत मान, प्रतिष्ठामा आँच आउने गरि विभिन्न संचार माध्यम, सोसल मिडियाहरुमा भ्रमपूर्ण समाचारहरु सम्प्रेषण गरिएकोप्रति ध्यानाकर्षण गराएकाे हाे।

साथै विज्ञप्तिमा २०३८ सालदेखि तहगत न्यायिक निकायबाट कानूनी माध्यमबाट पुलचोक ललितपुरस्थित कित्ता नं. ४३ को ४-४-१-० रोपनी जग्गा हिमालयन इन्टरप्राईजेज प्रालिका नाममा हक कायम भएको जनाएकाे छ।

२०५१ जेठ १० गते कम्पनी खरिदसंगै कम्पनीको सम्पत्तीको रुपमा आएको उक्त कि.नं. ४३ को जग्गा छुट दर्ता सम्वन्धमा सर्वोच्च अदालतबाट २०५७ जेठ ३२ मा भएको फैसला एवं २०६२ कार्तिक १ गते भएको परमादेशको आदेशमा मालपोत कार्यालयबाट कानून वमोजिम २०६६ साउन १२ गते वडा नं. ३ को कार्यालयबाट गरिएको सर्जमिन मुचुल्कामा मिखावहाल गुठी, छायवहाल लगायतका सम्पूर्ण जग्गा कम्पनीको नाममा दर्ताका लागि सिफारिस भएकाे उल्लेख गरेकाे छ।

साथै २०६७ पुस २९ मा हिमालयन इन्टरप्राईजेजको नाममा छुट जग्गा दर्ता गर्ने निर्णय भई जग्गाधनी प्रमाण पूर्जा समेत जारी भई आएको समेत जिकिर गरेकाे छ।

कम्पनीले कानून वमोजिम प्राप्त गरेको जग्गालाई विना आधार प्रमाण भ्रम फैलाई सामूहिक रुपमा जग्गामाथि अनाधिकृत रुपमा हक कायम गर्ने प्रयास गर्ने कार्य नगर्न नगराउन अनुरोध गरेकाे छ।

Logo