‘द लार्जेस्ट मोमो पार्टी’ को गिनिज वर्ल्ड रेकर्ड कोका-कोला नेपालको नाममा

‘द लार्जेस्ट मोमो पार्टी’ को गिनिज वर्ल्ड रेकर्ड कोका-कोला नेपालको नाममा

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ। कोका–कोलाले नेपालमा ‘द लार्जेस्ट मोमो पार्टी’ को लागि गिनिज वर्ल्ड रेकर्ड कायम गरेको छ।

शुक्रबार काठमाडौँस्थित हायात रेजेन्सी ग्राउन्डमा ‘काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करणको एउटा भागको रूपमा ‘द लार्जेस्ट मोमो पार्टी’ मार्फत नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गरेर कोका–कोलाले इतिहास रचेको हो।

कोका–कोलाका अनुसार कम्पनीले ५०० जना भन्दा बढी उत्साही सहभागीहरूका साथ यो कार्यक्रम सफलतापूर्वक आयोजना गरेको थियो। प्रत्येक सहभागीलाई २५० एमएल कोकको बोतलसहित दुईवटा मोमो खान दिएको थियो। खाद्य सुरक्षा र स्वच्छताको उच्चतम मापदण्ड सुनिश्चित गर्न, एकजना समर्पित फुड हईजिन इन्स्पेक्टर र दुई जना साक्षीहरू पनि कार्यक्रममा उपस्थित रहेका थिए।

१५ मिनेट चलेको कार्यक्रममा सहभागीहरूले कोका–कोलासँगै स्वादिष्ठ मोमोको स्वाद लिएका थिए। कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर, चन्द्रिका कालियाले कम्पनीको उपलब्धिमा गर्व व्यक्त गर्दै भने, ‘कोका–कोला र मोमो नेपालीहरूलाई साँच्चै नै मन पर्दछ र यो उपलब्धि त्यस कुराको साक्षी बन्न पुगेको छ।

परिकारहरूको यो उत्सव नेपाली संस्कृतिको जीवन्तताको प्रमाण हो। हामी नेपाली समुदायमा उत्सव र आनन्दको अविस्मरणीय अनुभवहरू सिर्जना गर्न पाउँदा गर्व गर्दछौँ।’

कम्पनीका अनुसार परम्परागत रूपमा मासुको किमा वा तरकारीले भरिएको अनि बाफमा पकाइने मःम र कोका–कोलाका रिफ्रेसिङ विशेषताले भिन्न स्वाद र उत्तम फ्युजनको परिणाम दिनेछ। कोका–कोलाले नेपालमा कोक र स्थानीय परिकारको अवधारणालाई आत्मसात गर्न लगातार ९ वर्षदेखि मःमोत्सव अभियान आयोजना गर्दै आएको छ। 

कोका–कोलाले नेपालमा आफ्नो सर्वव्यापी उपस्थितिसहित मःम खाने अनुभवलाई निर्वाध रूपमा पूरक बनाउँदै आएको छ।
कोका–कोलाले नेपालमा ५० वर्ष मनाउँदै गर्दा गिनिज वर्ल्ड रेकर्ड उपाधिले सांस्कृतिक एकता र मनोरञ्जन प्रदान गर्ने  विरासतलाई कायम राखेको छ। 

Logo