उन्नती कल्चरल भिलेजमा ‘उन्नती मेला’ सम्पन्न

उन्नती कल्चरल भिलेजमा ‘उन्नती मेला’ सम्पन्न

केन्द्रबिन्दु
70
Shares

नवलपुर। उन्नती कल्चल भिलेजको वार्षिक उत्सवको अवसरमा चौधरी फाउण्डेशनद्वारा उन्नती मेला सम्पन्न भएको छ। नवलपुरको गैंडाकोट नगरपालिका हर्कपुरस्थित सिजी उन्नती कल्चरल भिलेजले विशेष समाराेहकाबीच ‘उन्नती मेला’ सम्पन्न गरेको हो।

मेलामा हस्तकलाका सामाग्री, कृषिजन्य वस्तु, अर्गानीक उत्पादन, मौलिक खाना, चित्रकला, थाकल, वेत वांस, गहुंको छवालीको चित्र, हस्तकला, पस्मिना, ढाका, घरेलु सामाग्री लगायतको ३० स्टलहरु प्रदर्शनीमा राखिएका थिए।

प्रदर्शनीको अवलोकन पश्चात चौधरी ग्रुपका प्रवन्ध निर्देशक राहुल चौधरीले प्रदर्शनीमा राखिएको आकर्षक हस्तकला, घरेलु उत्पादनलाई ब्राण्डिङ्ग र मार्केटिङ्गमा चौधरी फाउण्डेशनले सघाउने प्रतिवद्वता व्यक्त गरे।

चौधरी फाउण्डेशनका निर्देशक सुरवी चौधरीले नेपाल मौलिक हस्तकला, घरेलु उत्पादनको राम्रो बजार रहेकोले यसको व्यवसायिक प्रवर्धन गर्न उन्नती कल्चरल भिलेजले स्थापना देखि नै प्रोत्साहन गर्दै आएको र आगामी दिनमा पनि सघाउने बताए।

यसका लागि उन्नती कल्चरल भिलेज र साना तथा घरेलु उद्योग महासंघ ललितपुरबीच हस्तकलाका सामाग्रीहरु उन्नती कल्चरल भिलेजमा प्रदर्शनीका लागि राखिने सम्झौता भएको चौधरी फाउण्डेका सिनियर म्यानेजर प्रधान श्रेष्ठले जानकारी दिए।

सम्झौतामा फाउण्डेशनका निर्देशक सुरवी चौधरी र महासंघका अध्यक्ष शैलेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए। उन्नती कल्चरल भिलेजले स्थापना कालदेखि साहित्य, चित्रकला, हस्तकला, मौलिक संस्कृति, मौलिक खाने परिकारलाई प्रोत्साहन गर्दै आईरहेको छ।

उन्नती मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्वसचेतक ओमकला गौतमले महिलाहरु आर्थिक रुपमा सक्षम नभए सम्म समग्र मुलुकको विकास सम्भव नहुने बताइन्।

नवलपुर उद्योग संघका अध्यक्ष केबी रानाले महिलाहरुको आर्थिक सशक्तिकरणको वर्तमान अवस्था, चुनौत र सम्भावनाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमा राज्यले ऐन, कानून र नीति कार्यक्रम ल्याए पनि कार्यान्वयनमा फितलो भएको उल्लेख छ।

यस्तै प्रभु बैंकका शाखा प्रबन्धक दिर्घ नारायण न्यौपानेले वित्तिय साक्षरता, महिला अभियान्ता रेखा पौडेलले महिला उद्यमशिलतामा सूचनाको पहुंच, कार्यक्रममा साना तथा घरेलु उद्योग महासंघका केन्द्रीय सदस्य विन्दु काफ्ले पोख्रेल, साना तथा घरेलु उद्योग महासंघ ललितपुरका अध्यक्ष शैलेन्द्र श्रेष्ठ, सिद्वार्थ आवासीय मावि कावासोतीका संस्थापक प्रिन्सिपल भोजराज दाहालले आफ्नो व्यवसायिक अनुभव प्रस्तुत गरेका थिए।

Logo