काठमाडौं। एमएडब्लु वृद्धि अटोकर्पले नेपाली बजारमा नयाँ इलेक्ट्रिक भ्यान सोकोन ईसी ३६ ल्याउने भएको छ। कम्पनीका अनुसार सो इलेक्ट्रिक भ्यान चाँडै नै नेपाल भित्र्याउने योजना छ।
एमएडब्लु ग्रुपले हाल नेपाली बजारमा यामाहा, जेसीबी, स्कोडा, जिप, आइसर, चांगान, फियाट, सेरेस र फोटोन लगायतका विभिन्न ब्रान्ड बिक्री–वितरण गरिरहेको छ नेपालभर यो ग्रुपका ३५० भन्दा बढी टच प्वाइन्ट रहेका छन्।
ग्रुपले स्मार्ट इलेक्ट्रिक भेइकल, सुपर अर्बन एसयूभी, कम्प्याक्ट एमपीभी, इलेक्ट्रिक लाइट कमर्सियल भेइकल जस्ता सवारी साधनमा विशेषज्ञता हासिल गरेको छ। आगामी अप्रिल महिनादेखि सोकोन ईसी ३६ को बिक्री–वितरण सुरु गर्ने योजना कम्पनीकाे रहेको छ।































प्रतिक्रिया