१७औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्टका विजेता घोषणा

१७औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्टका विजेता घोषणा

केन्द्रबिन्दु
42
Shares

नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेन्टले १७औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट सम्पन्न गरेको छ । कम्पनीले काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच विजेताको घोषणा गर्दै उनीहरूलाई पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरेको हो ।

टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट गत डिसेम्बर २०२३ देखि फेब्रुअरी २०२४ सम्म सञ्चालन भएको थियो। देशभरका करिब ८ सय सहभागीहरु मध्ये प्रत्येक इन्ट्री क्याटाेगोरीबाट ३ जना विजेता घोषणा गरिएको छ । विजेताहरुले आगामी दिनमा जापानमा हुने प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने छन् ।

क्याटाेगोरी १ अन्तर्गत ७ वर्ष वा सो भन्दामुनिको उमेर समूहमा इज्यान खान मलिक, एरिका अधिकारी र साहित्य अयेरले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे ।

त्यसैगरी क्याटाेगोरी २ अन्तर्गत ८ देखि ११ वर्ष उमेर समूहमा जिनिशा जेन, रय्य सिंह महर्जन, आर्याव जोशीले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे ।

क्याटाेगोरी ३ अन्तर्गत १२ देखि १५ वर्ष उमेर समूहमा ओंजाला महर्जन,जेनिशा थापा,जुनिया राईले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे ।विजेताहरुलाई प्रमाणपत्रका साथै किताब, कलम, नयूमा, हयूमन फित क्राफ्ट,एस.आर.बि. हन्दिक्रेफ्त, हन्द्क्रेफ्त,थ्रेड आर्ट, फ्लावोर हबको तर्फबाट पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामार्फत विश्वभरका बालबालिकाहरुलाई आफ्नो ड्रिम कार ड्रइङ गरेर भविष्यको मोबिलिटीबारेमा आफ्नो धारणा सार्वजनिक गर्ने अवसर प्रदान गरिन्छ । भविष्यका इन्भेन्टर्स, थिंकर्स र ड्रिमर्स बालबालिकाहरुको प्रतिभालाई प्रस्फुटन गर्न यसले सहयोग पुर्याउने टोयोटाले अपेक्षा गरेको बताएको छ ।

सन् २००४ देखि टोयोटाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस प्रकारको प्रतियोगिता आयोजना गर्दै आएको छ । गत वर्ष मात्र विश्वभरका ९० देशका ७ लाख ८० हजार बालबालिकाहरुले यस्तै प्रतियोगितामा सहभागिता जनाएका थिए ।

Logo