नेपाली बजारमा ओमोडा ई५ ईभीको मूल्य बढेको छ । करिव डेढ महिनाअघि मात्रै नेपाल बजारमा लन्च भएको ओमोडा ई५ ईभीको मूल्य वृद्धि भएको हो ।
नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइलले ओमोडा ई५ को मूल्य ६१ लाख ९९ हजार रुपैयाँ पु¥याएको हो । यसअघि सुरुवाती मूल्य ५९ लाख ४९ हजार रुपैयाँ तोकिएको थियो ।
कम्पनीका अनुसार यसमा ६१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्लेड ब्यट्री रहेको छ, जसले डब्ल्युएलटीपी मानक अनुसार ४३० किलोमिटरको रेन्ज प्रदान गर्दछ । सो गाडी फ्रन्ट माउन्टेड इलेक्ट्रिक मोटर र ३४० एनएमको टर्कद्वारा संचालित छ ।
ओमोडा ई५ मा एलईडी प्रोजेक्टर हेडल्याम्प, १८ इन्च अलोय ह्विल, ब्ल्याक तथा ब्लु र ह्वाइट टोनको लेदर सिट एवम् २४.६ इन्चको ड्युृअल स्क्रिन जस्ता विशेषता रहेका छन् ।
यसमा एडास ड्राइभिङ असिस्टेन्स सुविधा पनि रहेको छ, जस अन्तर्गत लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम अभोइडेन्स असिस्टेन्ट, ६ वटाएयरब्याग लगायत १७ भन्दा बढी प्रकारका एडास फिचर दिइएको छ । यसको इन्टेरियरमा २४.६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, प्रिमियम ८ सोनी स्पिकरसहितको क्रोम डोर ह्याण्डल, विद्युतीय सनरुफ, ५० किलोवाटको वायरलेस चार्जर, भेन्टिलेटेड सिटहरू रहेकाे कम्पनीले जनाएकाे छ ।































प्रतिक्रिया