नेपाली बजारमा पहिलोपटक हाफ फेसमा डबल भाइजर हेल्मेट उपलब्ध

नेपाली बजारमा पहिलोपटक हाफ फेसमा डबल भाइजर हेल्मेट उपलब्ध

केन्द्रबिन्दु
196
Shares

नेपाली बजारमा पहिलोपटक हाफ फेसमा डबल भाइजर हेल्मेट उपलब्ध भएको छ ।

रुपन्देहीको देवदहमा अवस्थित मयुर स्टिल इन्डष्ट्रिजले यति ब्रान्ड अन्तर्गतका विभिन्न मोडलका नयाँ हेल्मेट बजारमा भित्र्याएको हो । सो क्रममा हाफ फेसमा डबल भाइजर हेल्मेट उपलब्ध भएको हो । हाफ फेसमा सिटी र इगल मोडल उपलब्ध भएका छन् । तीमध्ये इगल मोडलमा नेपालमै पहिलो पटक डबल भाइजरको हेल्मेट उपलब्ध भएको हो ।

त्यसैगरी फुल फेसअन्तर्गत राइडर मोडलमा नयाँ हेल्मेट उपलब्ध भएको कम्पनीले जनाएकाे छ । पहिलेदेखि नै नेपाली हेल्मेट बजारमा उपलब्ध भइरहेको यति ब्रान्डका हेल्मेट लोकप्रिय बन्दै गएका छन् ।

Logo